मलेसियाको आर्थिक सुधारबाट के सिक्ने ?

मलेसिया धेरै नेपालीका लागी रोजगारको गन्तब्य बन्ने गरेको छ । यो दक्षिणपुर्वी एसियाको तेस्रो धनी राष्ट्र हो । यहाँबाट बिशेष गरी बिद्युतिय सामान, रबर, औषधि, फर्निचर, तेल लगायतका सामान निर्यात हुन्छन् । पछिल्लो १५ बर्ष मा मलेशियाको प्रति ब्यक्ति आय चार हजार अमेरिकी डलरबाट एघार हजार डलरमा उकासिएको छ । गरिबि एक प्रतिशत भन्दा कममा झरेको छ । यसको महत्वपुर्ण कारण सन् १९९९ मा महाथिर मुहम्मद प्रधानमन्त्री बनेपछी उनले क्रमैसँग गरेका सुधारहरु हुन् । मलेसियाले गरेका कतिपय आर्थिक सुधार हाम्रो सन्दर्भमा पनि आवश्यक देखिन्छन् ।

महाथिर पश्चिमा राष्ट्रहरुको बिकासे मोडल पछ्याउने भन्दा पनि आफ्नो छुट्टै बिकासको मोडल बनाउन चाहन्थे, त्यसैले उनले साना तथा मझौला उद्यमीहरुका लागी राम्रो औद्योगीक वातावरणको निर्माण गर्ने निर्णय गरे । यसका लागी उनले कर्माचारीतन्त्र र उद्यम दर्ता प्रक्रियामा व्यापक सुधार गरे । दर्ता प्रक्रिया सामान्य भएपछी दर्ता नभएका धेरै व्यावसायिहरुले दर्ता गरे, नयाँ व्यावसायहरु आए, आर्थिक बृद्धिदर बढ्यो । राजस्व पनि बढ्यो ।

मलेसियामा ब्यावसायलाई व्यापार दर्ता र कम्पनि दर्ता गरी दुई फरक फरक ठाउँमा दर्ता गर्नुपर्ने व्यवस्थालाई खारेज गर्दै कम्पनि दर्ताको मात्र व्यवस्था अवलम्बन गरियो । कम्पनि दर्ता, कर दर्ता, सामाजीक सुरक्षा र रोजगार कोषलाई गाभेर एकद्वार प्रणाली लागु गरियो । सम्पुर्ण दर्ता प्रक्रियालाई ३० दिन लाग्नेमा त्यसलाई १ दिनमा घटाईयो । अनलाईन सेवामार्फत व्यापार दर्ता गर्ने व्यवस्था ल्याईयो । ११ प्रदेशमध्ये प्रतेक प्रदेशमा कम्तिमा दुईवटा पर्ने गरी २३ वटा कम्पनि रजिष्ट्ररका शाखाहरु खोलिए । दर्ता गर्दा लाग्ने शुल्क मात्र घटाईएन, सम्पत्तिमा लाग्ने कर पनि घटाईयो । कर तिर्न सजिलो बनाईयो, व्यापारीक र औद्योगिक प्रयोजनका लागी सजिलै बिजुली जडान गर्न मिल्ने बनाईयो । वाणिज्यगत मुद्दाहरु मात्र हेर्ने छुट्टै अदालतको व्यवस्था गरियो ।

यि सबै सुधारहरुको परिणाम स्वरुप सन् २००८ सम्म आईपुग्दा करिब ५८ प्रतिशतले दर्ता गर्ने उद्यमीहरुमा बढोत्तरी भयो । उद्यम दर्ता गर्दा उद्यमीहरुलाई धेरै फाईदा हुन्छ । उनिहरु बिस्तारका लागी बित्तिय संस्थाबाट ऋण पाउँन योग्य हुन्छन्, जोखिम ब्यवस्थापनका लागी बिमाको सुविधा लिन सक्छन् । सरकारी निकायले दिने सुविधा पाउनका लागी पनि दर्ता गर्नु जरुरी छ । यस्तै कुराहरुबाट प्रेरित भएर धेरै उद्यमीहरु दर्ता प्रक्रियामा आए र सबैलाई फाईदा भयो ।

हाम्रो सन्दर्भमा माथिका धेरै सुधारहरु हुन बाँकी छन् र यस्ता सुधारका लागी कुनै ठुलो लगानी गर्न र जोखिम पनि लिन नपर्ने देखिन्छ । विश्व बैकंको एक अध्ययन अनुसार नेपालमा व्यापार दर्ताका लागी औषत १७ दिन लाग्ने गरेको छ । यसलाई दुई वा तीन दिनमा घटाउन सकिन्छ । संघियताको कार्यान्वयन गर्ने चरणमा कम्तिमा सबै प्रदेशमा एक एकवटा व्यापार दर्ताका लागी एकद्वार प्रणाली सहितका कम्पनि रजिष्ट्ररका शाखा कार्यालय स्थापना गर्नु अत्यावश्यक देखिन्छ । साथै अनलाईन रजिष्ट्रेशन र कर प्रणालीमा सामान्यकरण गर्न पनि आवश्यक छ । जब सम्म उद्यमीहरु कानुनी रुपमा आफ्नो उद्यम सञ्चालन गर्न सजिलो महसुस गर्दैनन्, उनिहरु दर्ता गर्ने र बिस्तार हुनेबारे सोच्दैनन् । नयाँ उद्यमहरु आउने र भएकाहरु बिस्तार हुने क्रम अगाडी बढेन भने आर्थिक बृद्धी, रोजगारी श्रृजना जस्ता लक्ष्यहरु हासिल गर्न सकिंदैन । त्यसैले मलेसियाको उदाहरण हेरेर सुधारको प्रक्रिया अबिलम्ब अगाडी बढाउन उचित देखिन्छ ।

Suresh Sapkota

Mr. Suresh Sapkota holds an MBA degree in Banking and Insurance and currently instructs the students of Business Administration. He has a deep interest in political economy as well as the social dimensions of public policy. He is also asssociated with Mandala Theatre, one of the most popular theatres of Nepal.

Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.