किन नेपालका युवा बाहिरिँदै छन् ?

Migrant workers - Copyपूरानो नेपाल संघीय गणतन्त्रात्मक नयाँ नेपालमा परिमार्जित भएसगँै नयाँ आशाहरु बुन्न थालियो । तर नेपालमा कहिल्यै नबन्ने संविधान, राजनीतिक खिचातानी अनि राजनैतिक अस्थिरता, देश विकास अनि युवा पिँढी को लागि नयाँ नीति निमार्ण गर्न छानिएका नीति निमार्णकर्ताहरुले नीति निमाणर््ा गर्नुको सट्टा सत्ता मोहमै अल्झिएको अवस्था, आदि इत्यादी जस्ता कारणले नेपालमा यूगान्तकारी परिवर्तन ल्याउन होमिएका युवाको बलिदान माथि नै तुसारापात भएको छ । यहि कारणले पनि आजका यूवा पुस्ता विक्षिप्त भई वाहिरिन विवश छन् । त्रिभुवन विमानस्थलको अध्यागमन विभागको प्रतिवेदन अनुसार नेपालको युवा पिँढी आज दिनकै १५०० का दरले वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । यस्ता युवाहरु मध्ये केही कोरिया, मलेसिया, कतार अरब जस्ता खाडी देशमा गई आप्mनो युवा अवस्था अनि युवा श्रम त्यही विदेशी भूमिको विकासमा खर्चिरहेका छन् । अरु केही यूवा विद्यार्थी भने उच्च शिक्षा हासिल गर्ने भन्दै अमेरिका बेलायत आदि जस्ता विकसित देशमा स्थायी बसोवास पत्र लिई सुन्दर सपना सजाउने आशमा पलायन भईरहेका छन् ।

हालसालै मात्रै पनि हामी सबैले देख्यौ नेपाली युवाको कोरिया प्रतिको मोह । जहाँ देशका युवा पिँढी अरुको देशमा श्रमिक बन्न तछाडमछाड गर्दै होमिएका थिए । देशका नीति अनि निमार्णमा लागेका नीति निमार्णकर्ताहरुले सायद यो स्थितीलाई नजरअन्दाज गर्नु पनि भयो होला र सायदै यो विषयमा कतै केहि प्रतिक्रिया पनि आए होला । सायद प्रतिक्रिया नआउनुको पछाडिको कारण विप्रेषणको पनि हुन सक्छ । नेपालको करिब ३० लाख विदेशीएका युवाले ७०÷ ७१ को दशकसम्ममा करिब रु ५३३ अरब विप्रेषण भित्रयाउन सक्ने अनुमान या तथ्याङ्क नेपाल राष्ट्र्रिय विकासको श्रोतले देखाएको छ ।

देशका विकासका आधार स्तम्भ यूवा पिँढी यसरी विवश भई विदेशीनुका कारण अनगिन्ती छन् । ती मध्ये बेरोजगारीका समस्याको आजका युवाले भोगेको प्रथम समस्या नै हो । हातमा डिग्री , सीप, जोस जाँगर भइकन पनि अनुभवका कमिका कारण नेपालका कैयौँ यूवा बेरोजगार भई वस्न बाध्य छन् । कृपावाद अनि नाताबादले दिनानुदिन प्रश्रय पाइरहेका अवस्था छ । त्यस्तै युवा पिँढी ले व्यापार –व्यवसाय गर्न चाहे भने पनि अनगिन्ती सरकारी हस्तक्षेप झेल्नुपर्ने अवस्था छ । व्यापार –व्यवासाय सुरु गर्नको निम्ति विभिन्न प्रकारका नीति नियममा वाधिँनुपर्ने अवस्था छ अनि सो नीति नियम साह्रै झन्भटिलो पनि हुने गरेको छ । अर्को शब्दमा भन्नुपर्दा व्यापार– व्यवसाय गर्नको लागि सहजीकरणका व्यवस्थामा कमि छ । त्यस्तै समय सापेक्ष नीति निर्माणको व्यवस्था नभईकन पुराना नीति नियममा अनि प्रकृया अपनाउन बाध्य छन् । प्रतिकूल वातावरणको सिर्जनामा कमि पनि युवा व्यवसायीले भोग्नुपरेकोअर्को समस्या हो । देशमा भइरहेने बन्द, हडताल, आन्दोलन आदिका कारणले घाटा पनि व्यवहोर्नु पर्ने अवस्थाको सिजर्ना हुन सक्छ । सरकारले भर्खर बामे सर्दै गरेका युवा व्यापारी माथि पनि कर्जा नै चुक्ता नभईकन कर थोपरीहाल्ने प्रवृत्ति पनि यथावतै छ । व्यापारी माथि जीउ धनको सुरक्षाको प्रत्याभूतिमा कमिमा पनि सुधार आउन सकेको छैन । अनेकौ सरकारी नीति नियम झेलेरै पनि व्यापार व्यवसाय गरिहाले पनि अनुभव नभएका युवा व्यापारी भन्दै उनीहरु माथि गरिने विश्वासमा कमि अनि कारोबारमा चासो पनि देखाएको अवस्था छैन । यी यावत कुराहरुले गर्दा युवा व्यापारी जो स्वदेशमा लगानी गर्न चाहन्छन उनीहरु पनि हतात्ेसाही बन्न पुग्छन् । अनि अन्तत ः केही उपाय नदेखी नेपाली युवा विदेशी भूमिमा गई आप्mनो श्रम बेच्न बाध्य हुन्छन् ।

अतः युवा शक्तिको सही परिचालन गर्नको लागि नयाँ नीति नियमको निर्माण गर्न अपरिहार्य भइसकेको छ । व्यापार– व्यवसाय गर्नका लागि छुट्टाइएका पुराना नीति नियमलाई विस्थापित गरी समय सापेक्ष नीति र नियमको निर्माणमा बढि जोड देखाउनुपर्छ । युवा पिँढी ले आफुले चाहे अनरुपको व्यापार– व्यावसाय गर्र्ने सक्ने प्रतिकूल वातावरणको सिर्जना हुन जरुरी छ । जीउ धनको सुरुक्षाको प्रत्याभूति दिलाउने दायित्व सरकारको भएको हुँदा सोही अनरुपको नीति नियमको तर्जुमा अनि कार्यन्वयन हुन जरुरी छ । त्यस्तै युवा व्यापारी जो स्वदेशमा लगानी गर्न चहान्छन, उनीहरुको लागि सुलभ रुपमा श्रृणको व्यवस्था गर्नुपर्ने देखिन्छ । युवा श्रम, सीप, साहास जाँगरको सहि मुल्याङ्कन गरी युवा शक्तिलाई देश निर्माण र विकासको प्रयोजनको लागि प्रयोग गर्न आवश्यक भईसकेको छ । कृपावाद र नातावादलाई प्रश्रय दिनुभन्दा योग्याता प्रणालीको आधारमा युवा दक्षताको सहि परिचालन हुनपर्छ ।

Sunita Bhattarai

Communication Assistant at Samriddhi, The Prosperity Foundation

Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.