भूकम्प पीडित परिचय पत्रमा ढिलाई

बीबीसी नेपालीमा मिति बिहीबार, जेठ १४ , २०७२ मा छापिएको लेख ¦ सो लेख मा निर्देसित् हुन यहा क्लिक गर्नुस्

भूकम्प पीडितलाई बुधबारबाट परिचय पत्र वितरण गर्ने सरकारी योजना भएपनि अझसम्म छपाइकै काम नसकिएको अधिकारीहरुले बताएका छन्।

तीन हप्ता अघि संसदबाट संकल्प प्रस्ताव पास गर्दा भूकम्प पीडितलाई परिचय पत्र दिने निर्णय प्रधानमन्त्री शुशील कोइरालाले गरेका थिए।

तर परिचय पत्र छपाईमा ढिला भएपछि बुधबारदेखि शुरु गर्ने भनिएको सो वितरण कार्य केही दिन ढिला हुने काठमान्डु महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनत कुमार थापा बताउँछन्।

छलफल

उनी भन्छन्, “परिचय पत्रको नमूना तयार भइसकेको छ। त्यो नमूना जिल्ला दैवि उद्धार समितीले तयार गरेर छपाईको क्रममा छ। त्यो प्राप्त हुनासाथ हामीले स्थानीय निकाय मार्फत पीडित समुदाय समक्ष वितरण गर्नेछौं।”

कमी कमजोरी नहोस भनेर निरन्तर अध्ययन र छलफल भइरहेको उनी बताउँछन्।

भूकम्प पीडितहरुलाई सरकारले उपलब्ध गराउने सुविधा वितरणमा सरलिकरण गर्नु र वास्तविक पीडितको पहिचान गर्नु सो परिचय पत्र दिनुको उदेश्य रहेको बताइएको छ।

सरकारले गरेको यो ढिलासुस्तीप्रति पीडितहरुले भने गुनासो गरिरहेका छन्।

स्थानीय पहल

तर केही स्थानहरुमा भने स्थानीय पहलमै भूकम्प पीडितहरुलाई अस्थायी परिचय पत्र वितरण गरिएको देखिएको छ।

त्यसैका आधारमा राहत वितरणको काम भइरहेको देखिएको छ।

तर व्यवस्थित परिचय पत्र वितरणमा ढिलाई हुँदा त्यसले राहतलाई नदोहोर्याइकन र वास्तविक पीडितकहाँ पुर्याउन कठिनाइ भइरहेको छ।

भूकम्प पीडितलाई दिने भनिएको परिचय पत्र तयार भइनसकेको बताइन्छ

 

Deekshya Nakarmi

Deekshya Nakarmi is Communications and Outreach Assistant at Samriddhi, The Prosperity Foundation. She is a student of Development Studies.

Comment