बजारको शक्ति

Comment

Economy

निम्न लेख मिल्टन फ्रिडमन्को निवन्ध The Power of the Market को आकाश श्रेष्ठको नेपाली अनुवाद हो| यस अनुवाद पहिलो पटक ‘विचार डबली’ मा मे ,२०१४ मा प्रकाशित भएको थियो|

– मिल्टन फ्रिडमन्

लगभग ३५० वर्ष अघिको मात्र कुरा हो, सन् १६२४ मा, डच सामराज्यका निर्देशक अमेरिकाको म्यानहाटन टापुमा पुगे । टापु २२ वर्ग माइलको जंगल र दलदल मात्र थियो । त्यहाँ वसोवास गरिरहेका कनार्से इन्डियनहरुसँग मात्र २४ डलर, अर्थात् कपडा र केहि वस्तुको दाममा ती निर्देशकले सो टापु किने । सुरुवाती क्षणहरु केहि सुस्त पाराले बिते । पाँच वर्षको अन्त्य सम्म आइपुग्दा त्यो रित्तो महादेशको छेउमा रहेको न्यू एम्टरड्याम नामक नगरमा केवल ३०० मान्छे वसोवास गर्ने भए । तर पछिका दिनहरुमा त्यहि नगरमा एट्लान्टिक महासागरको अर्को भागबाट मान्छेहरु चुंबकले तानेभैंm गरी ओइरिन थाले र वस्ती बाक्लिँदै गयो । त्रास, जबर्जस्ती र गरिबिको चपेटामा परेका मान्छेहरु स्वतन्त्रता र अवसरको आस बोकेर यता तिर सर्न थाले । नया महादेशको कुना कुनामा छरिएर आफ्नो पसिना बगाएर, उद्यम गरेर र नयाँ सुखी र समृद्ध भविष्यको आशालाई जीवनसाथ गरी तीनीहरुले एक नया राष्ट्र बनाए । ती मध्ये कतिपयकोलागि उनीहरु जीवनमै पहिलो पटक वास्तवमै स्वतन्त्र भएका थिए र आफ्नै इच्छा र आकांक्षाहरुलाई पछ्याउने मौका पाएका थिए । यहि स्वतन्त्रता र यसबाट प्रस्फुटन भएको मानविय उर्जालाई प्रयोग गर्दै, मान्छेका इच्छा र आकांक्षाहरुलाई पछ्याउँदै संयुक्त राज्य अमेरिकाको जन्म हुन पुग्यो ।

आफूसँग भएका सबै भन्दा राम्रा कपडा लगााएर, आफ्नै भन्ने केहि वस्तु, आशा र अभिलाशा बोकेर आप्रवासीहरु महासागरको यता पट्टिको तटमा झर्न थाले । तर गरिब नै भए पनि सबै जनासँग नया विश्वास थियो । यता पट्टि आएपछि पनि तीनीहरुले सोचे जस्तो सरल र सुखी जीवनको स्वगत भने पाएका होइनन् । तथापि उनीहरुका कोहि न कोहि साथी वा नातेदारहरु थिए जो उनीहरुलाई घर बनाउन, राजगारी पाउन, नया देशमा जीविकोपार्जन गर्न मद्दत गर्न तत्पर थिए ।

बाँच्न सजिलो थिएन । जीवन गाह्रो थियो । तर अवसर भने अवस्य थियो । परिश्रम, उद्यम र काबिलियतको बदलामा प्रसस्तै इनाम हात पार्न सकिने अवस्था थियो । बाँच्न गाह्रो भयो भनेर सरकारको सामु गई हात फिजाउनकालागि निकै कमै मात्र सरकारी परियोजनाहरु थिइ र वास्तवमा भन्ने नै हो भने कसैले त्यसको आश पनि गर्दैनथे । तर सीमित सरकारसँगै सीमित नीयमहरु मात्र थिए । परिश्रम गर्छु भन्नेहरुलाई वाधा अवरोध सृजना गर्नकालागि केहि नियमनहरु बनेका थिएनन्, केहि लाइसन्सको प्रावधान थिएन, केहि अनुमति पत्र वा कर्मचारीतन्त्रको व्यवस्था थिएन । आप्रवासीहरुले वास्तवमा स्वतन्त्र बजार पाए । परिणापस्वरुप, उपलब्धी गर्नकोलागि अथाह अवसरहरु पाए र उपलब्धी गरे पनि ।

आज पनि मान्छेहरु तीनै कठिनाइहरुबाट पेलिएर र तीनै आशाहरु बोकेर अमेरिका आइरहन्छन् । आज पनि न्यू योर्कको चाइनाटाउनमा — जुन कपडा व्यापारको औद्योगिक केन्द्र पनि हो, त्यहाँ यस्ता हजारौं आप्रवासीहरु विदेशी मुलुकको पहिले स्वाद लिन आइरहन्छन् । यी नया आप्रवासीहरु पनि तीनै ३५० वर्ष अगाडि आएका मान्छै जस्तै हुन्छन् । उनीहरुलाई आफ्नो जीवनमा केहि हासील गर्नु छ र त्यसकालागि चाहिए जस्तो परिश्रम गर्न तत्पर छन् । उनीहरुलाई त्यहि चाइनाटाउनमै आफ्नो पुरा जीवन बिताउने रहर छैन । उनीहरुलाई पनि स्वतन्त्र बजारले दिने अवसरहरु उपयोग गरेर आफ्नो र आफ्नो सन्ततीको भविष्य उज्वल पार्नु छ र यीनै अवसरहरुद्धारा सो लक्ष्य हासिल पनि गर्नेछन् ।

तर बिडम्बना के छ भने आज चाइनाटाउनको कार्यकक्षहरुमा हामीले हरेक कामदारको अधिकार मान्ने गरेका थुप्रै मूल्य र मान्यताहरु भंग हुन गएका छन् । कार्यकक्षहरुका सुविधाहरु नीकै दयनिय स्थितिमा छन्, अझ कतिपय कक्षहरुमा त केहि सुविधा नै छैन, हावा आवतजावत हुने व्यवस्था छैन, एउटा कक्षमा कति जना सम्म कामदार राख्ने भन्ने बारे केहि व्यवस्था छैन जसको कारण कामदारहरु कोच्चिएर काम गर्न बाध्य हुन्छन्, प्रायः कामदारहरु न्यूनतम पारिश्रमिक भन्दा कम दरमा काम गर्न बाध्य छन्, ईत्यादि । हरेक नियम कानूनको उल्लंघन हुने गरेको छ । तर फेरी, ती उद्योगहरु बन्द हुने हो भने कसलाई फाइदा होला त ? उत्तर हामीले कुरा गरेजस्तो कार्यकक्षहरुमा काम गर्ने कामदाहरु पक्कै पनि होइन । तपाईं हाम्रो दाँजोमा तीनीहरुको जीवन निकै कठिन देखिन जाला, तर यसो भएता पनि हाम्रा आफ्नै बाबु–बाजेहले तीनै परिस्थितिहरुसँग जुधेर परिश्रम गरेकाले गर्दा मात्र आज हामी हाम्रो स्थितिमा पुगेका हौं । यसै कारणले गर्दा मात्र हामीले ती कामदारहरु भन्दा माथिल्लो स्तरबाट परिश्रम गरे हुने वा गर्न सक्ने अवस्थामा पुगेका हौं ।

तर पछिल्लो ५० वर्षको अन्तरालमा हामीले हामीले हाम्रो आफ्नै उत्तराधिकारलाई खेर फालीरहेका छौं । कसरी भनेर प्रश्न गर्नुहोला । नभए हामीले आफैमा भर पर्न छाडेर सरकारलाई लगातार बढ्दो क्रममा हाम्रो जीवन, हाम्रा तौर तरिकाहरु नियन्त्रण गर्न दिनुको अर्थ के हो त ? आज हामीले ती आप्रवासीहरुले भोगेको, बुझेको र बाँचेको धु्रव सत्यको पुनः खोज गर्न पर्ने समय आएको छ — आर्थिक स्वतन्त्रता भनेको के हो र व्यत्तिको नीजि स्वतन्त्रताको संरक्षण गर्नमा यसले निर्वाह गर्ने भूमिका के हो ।

यसै प्रयोजनकोलागि म हङ्कङ पुगेँ । यहाँ सरकारलाई त्यसको उचित कार्य भन्दा अन्य कार्यहरु गर्न बाट रोक लगाई र मान्छेलाई आफ्ना लक्ष्य पछ्याउने स्वतन्त्रता दिई मानौं राष्ट्रिय स्तरमा नै एक ल्याब एक्स्पेरिमेन्ट चलिरहेको छ । यदि तपाईंलाई स्वतन्त्र बजार कसरी चल्छ भन्ने जान्ने कौतुहल जागेको छ भने हङ्कङ तपाईं जानै पर्ने एक ठाउँ हो । एउटा भब्य बंदरगाहलाई छाडी, यहाँ सायदै केहि प्राकृतिक संसाधन देख्नु हुनेछ तपाईले । तर खासै केहि नहुनाले पनि यहाँको आर्थिक वृद्धिलाई असर गरेको छैन । संसारका सबै कुना बाट जहाजहरु व्यापार गर्न भनी हङ्कङ पुग्छन् । किन ? किनभने यहाँ आयात वा निर्यातमा कुनै प्रकारको भन्सार वा कर छैन । र स्वतन्त्र बजारले प्रदान गर्ने अवसरहरुले यहाँका परिश्रमी वासिन्दाहरुलाई कुनै जमानाको उजाड चट्टानलाई आज एसियाकै सबै भन्दा जल्दोबल्दो र सफल ठाउँहरु मध्ये एकमा परिणत गराउन सक्षम बनाइसकेको छ । वास्तवमै भन्ने हो भने बंदरगाह भन्दा बाहेक हङ्कङको एक मात्र अर्को संसाधन भनेको नै त्यहाँका नागरिकहरु हुन् — ती पैंतालिस लाख भन्दा बढी जनसंख्या ।

प्राकृतिक संसाधनको कमी र दु्रत जनसंख्या वृद्धि हुँदाहुदै पनि हङ्कङको जीवन स्तर एसियाकै सबै भन्दा उच्च मध्य एक रहन गएको अवस्था छ । मान्छेहरु कडा परिश्रम गर्छन्, तर हङ्कङको सफलता त्यहाँका कामदारहरुको शोषणबाट आएको छैन । दोस्रो विश्वयुद्ध पछि मात्र हेर्ने हो भने पनि हङ्कङमा एक औसत कामदारको ज्याला चार गुणा भन्दा बढि वृद्धि भैसकेको छ, त्यो पनि मुद्रास्फितिको समायोजन पछि ।

त्यहाँ कामदारहरु स्वतन्त्र छन् — काम गर्ने समय रोज्न, अझ आफ्नो इच्छा अनुरुप काम नै रोज्न पनि स्वतन्त्र छन् । बजारले उनीहरुलाई यो अवसर दिएको छ । यसैमा उनीहरुले के वस्तु उत्पादन गर्छन् भन्ने पनि निर्भर हुन जान्छ । दक्षिण कोरिया, ताइवान जस्ता ठाउँहरुबाट आउने प्रतिस्पर्धाले सस्ता वस्तुहरुको उत्पादनलाई प्राथमिकता दिन वाध्य बनाएको छ । सस्ता वस्तुहरु उत्पादन गर्दा कमै मात्र नाफा हुने हुँदा हङ्कङका व्यापारीहरुलाई समय परिस्थिति अनुसार आफ्ना कार्यक्षेत्र र लक्ष्यहरुलाई रुपान्तरन गरिरहन पर्ने अवस्था छ । र यसमा हङ्कङका व्यापारीहरु निकै सफल रहेका छन् । नयाँ नयाँ प्रविधिको प्रयोग गरी झन् झन् प्रभावशाली वस्तुहरु उत्पादन गर्दै पूर्व–पश्चिम सबैतिर बाट बजारमा आउने वस्तुहरुसँग प्रतिस्पर्धा गरीरहेका छन् ती व्यापारीहरु । र उनीहरुको कामदारहरु पनि परिस्थितिको माग अनुरुप नवीन कुशलता विकास गर्दै छन् ।

हङ्कङलाई उन्नतीशील, धमाकेदार र सक्रिय बनाई जीवन्त रुप दिन बजारले निकै ठूलो योगदान दिएको छ । यथार्थमै, त्यहाँको बजार संसारमै सबै भन्दा स्वतन्त्र रहेको भन्ने मेरो मान्यता छ । स्वतन्त्र बजारले मान्छेलाई आफ्नो चाह अनुरुपको उद्योग–धन्दामा प्रवेश गर्ने, चाहेको मान्छेसँग व्यापार गर्ने, कुनै वस्तु सबै भन्दा सस्तो मूल्यमा कहाँ पाइन्छ भनी अध्ययन गर्ने र आपैmले रुचाएको ठाउँबाट खरिद गर्ने, संसारको कुन कुनामा आफ्नो वस्तु वा सेवाको सबै भन्दा बढि भाउ मिल्छ भनी अनुसन्धान गरी त्यहिं बिक्रि गर्ने जस्ता प्रयोजनकालागि अनुकुल वातावरणको सृजना गर्छ । र यी भन्दा पनि सबै भन्दा महत्वपूर्ण, यदि कोहि मानछे आफ्नो कोशिशमा विफल हुन्छ भने, त्यसको मूल्य उ आपैmले चुकाउन पर्छ । कोहि सफल हुन्छ भने, त्यसको सम्पूर्ण प्रतिफलको भागिदार पनि उ आपैm मात्र हुन्छ । र इनाम र सजायको यहि व्यवस्थाले उनीहरुलाई काम गर्न, बजारको माग अनुसार आपैmलाई रुपान्तरण गर्न, वचत गर्न, अविष्कार र नवपरिवर्तन रुपी चमत्कार सृजना गर्न उत्प्रेरणा दिएको छ । यो चमत्कार कुनै सरकारी कार्यक्रमले ल्याएको होइन, कुनै गगनचूम्बी भवनको माथिल्लो तल्लाको उपल्लो दर्जाको कुर्सीमा बस्ने कोहि नाइकेको निर्णयले ल्याएको होइन । यो चमात्कार हुनुको एक र एक मात्र श्रेय स्वतन्त्र बजारलाई जान्छ ।

बजारले कुने उत्पादकलाई के कुरा उत्पादन गर्ने मात्र नसिकाई सबै भन्दा प्रभावशाली ढंगमा कसरी उत्पादन गर्ने भन्ने बारे पनि ज्ञान दिन्छ । कसरी ? मूल्य, अर्थात्, प्राइस सिस्टम को सहायताले । कच्चा पदार्थको मूल्य, श्रमिकको ज्याला, ईत्यादि । उदाहरणको लागि, यदि कसैको खेतमा काम गर्ने व्यक्तिहरुले अन्य केहि गरेर नै बढि कमाइ गर्ने भैदिएको भए, खेतका ती मालिकले छिट्टै आफ्नो उत्पादनको प्रक्रियालाई आधुनिकिकरण, यान्त्रीकरण गर्न थाल्छन् । हङकङमा हड्डिमा मूर्तिकला अभ्यास गर्ने कलाकारहरु त्यहाँका सबै भन्दा बढि आम्दानी गर्ने कामदारहरु मध्ये पर्छन् । तर तीनिहरुले काम गर्ने वातावरण भने निकै अप्ठ्रो प्रकारको छ । निकै गर्मी र होहल्लासँग जुँझ्दै काम गर्न वाध्य छन् तीनिहरु । उनीहरले आपैmले लिने गरेको पारिश्रमिक भन्दा केहि कम मात्र लिएर बरु अलि रमाइलो वातावरणमा काम गर्ने अवसर पाउँ भनेर माग राख्न त सक्छन्, तर त्यसो गर्दैनन् । तीनिहरु बरु त्यो चूनौतिपूर्ण वातावरण मै काम गर्छन्, धेरै पैसा कमाउँछन्, र त्यो पैसा आफूले चाहे अनुरुप खर्च गर्छन् । र यो सम्पूर्णतः उनीहरुकै ईच्छाको विषय हो ।

स्वतन्त्र बजार, जस्तो हामी आज हङकङमा पाइने कुरा गरिरहेका छौं, पहिलो पटक त्यस्तो सिदांतको विश्लेषण भने संसारको अकैं कुनामा भएको थियो । लगभग २०० वर्ष अगाडि स्कटल्याण्को युनिभर्सिटि अफ ग्लासगोमा प्राध्यापन गर्ने एडम स्मिथले उनको महान् किताब द वेल्थ अफ नेसन्स लेख्दा उनले आफ्नो प्राध्यापनमा प्रयोग गर्ने गरेका मस्यौदाहरु उल्लेख गरेका छन् । उनको स्वतन्त्र बजारको सिदांत निकै सरल र व्यवहारिक छ । उदाहरणकोलागि एउटा सिसा कलमलाई हेरौं । यो संसारमै त्यस्तो कोहि पनि व्यक्ति छैन जसले आपैmले एउटा सिसाकलम निर्माण गर्न सकुन् । सुन्दा अचम्म लाग्ला, तर यो वास्तवमा हामी कसैले पनि ख्याल नगर्ने एउटा सरल कुरा हो । कलममा प्रयोग हुने काठ संसारको कुनै कुनाको कुनै रुखबाट आउँछ । त्यो रुख काट्ने औजार बनाउन फेरी स्टील चाहिने हुन्छ । स्टील उत्पादन गर्न फलामको खानी चाहियो । त्यो बिचको कालो तत्व जसलाई हामी लीड भन्ने गर्छौं, वास्तवमा एक प्रकारको ग्राफाइट हो । यो ठ्याक्कै कहाँ बन्छ भन्ने चाहिँ मलाई थाहा छैन, तर मेरो विचारमा यो दक्षिण अमेरिकाको कुनै खानीबाट आउँछ । माथीको रातो वस्तु — त्यो रबर सायद मलाया बाट आउँछ, जबकि रबर त्याहाँ खासै पाइने वृक्ष नै होइन । बेलायती सरकारको सहायतामा मलायाको कोहि व्यापारीले दक्षिण अमेरिकाबाट रबर आयात गरेका हुन् । सिसाकलममा प्रयोग हुने त्यो पित्तल, त्यो पहेंलो रङ्ग, कालो रङ्ग, कहाँ बाट आउँछन्, मलाई त्यो पनि थाहा छैन । वास्तवमै एउटा सिसाकलम बनाउन हजारौं मान्छेहरु सहकार्य गरिरहेको हुन्छन्, त्यस्ता मान्छेहरु जो न त एउटै भाषा बोल्छन्, न त एउटै धर्म पालना गर्छन् । अझ कहिल्यै एकअर्कासँग भेट हुन पुगिहाल्यो भने त एक अर्कालाई रुचाउँदा पनि रुचाउँदैनन् होला यी मान्छेहरु । तर एउटा सिसाकलम बनाउनलाई यिनीहरुनै सहकार्य गरिरहेका हुन्छन् ।

जब तपाई कुनै पसलमा सिसाकलम किन्ने प्रयोजनले जानुहुन्छ, त्यस बेला तपाई आफ्नो जीवनको केहि मिनेट ती हजारौं मान्छेको जीवनको केहि सेकेण्डसँग कारोबार गरिरहनु भएको हुन्छ । कहिल्यै यो सोच्नुहुन्छ कि के कुराले ती हजारौं मान्छेहरुलाई सहकार्य गरायो र किन तीनीहरुले सिसाकलम बनाउनमा सघाव पु¥याए होलान् भनेर ? कोहि नेता वा मालिक वा आयोजकले उनीहरुलाई यसो गर्न आज्ञा दिएका त होइनन् । यो केवल मूल्य प्रणालीको कार्यान्वयन मात्र न हो । मूल्य प्रणालीको अमानविय कार्यान्वयनले उनीहरुलाई एकै साध्यका निमित्त काम गरी तपाईले केहि तुच्छ रकम मात्र तिरेर एउटा सिसाकलम खरिद गर्न सक्ने वातावरणको निर्माण हुन सकेको हो । यसै कारणले स्वतन्त्र बजारको सक्रियताको महत्वले झन् बढावा पाएको छ । खुला बजारले उत्पादक क्षमता मात्र नबढाई मानव समुदायमा सहकार्य र शान्तिलाई पनि प्रोत्साहन दिने काम गर्छ ।

आर्थिक स्वतन्त्रता विना मनविय र राजनीतिक स्वतन्त्रताको औचित्य न त कहिल्यै रहेको थियो न त कहिल्यै रहन सक्छ । सौभाग्यवस स्वतन्त्र समाजमा जन्मेका हामी प्रायः स्वतन्त्रतालाई सहि मूल्य दिँदैनौं । हामी सोच्छौं कि स्वतन्त्रता भनेको मानव समाजको प्राकृतिक स्थिति नै हो भनेर । तर त्यसो होइन । स्वतन्त्रता भनेको दुर्लभ र बहूमुल्य चिज हो । इतिहास भैसकेका कयौं मानिसहरु र आजका पनि थुप्रै मान्छेहरुले आफ्नो सम्पूर्ण जीवन अत्याचार र विपत्ति झेलेर बाँचेका छन् न कि स्व्तन्त्रता र समृद्धि । मान्छेले उसको स्वतन्त्रतालाई कति सम्म प्रतिष्ठाका साथ लिन्छ भन्ने कुराको सबै भन्दा शुद्ध प्रदर्शनि भनेको ऊ सँग अन्य केहि उपाय नहुँदा उसले खुट्टाले भोट दिन समेत पछि नपर्ने फुर्तीले औंल्याउँछ ।

हङकङ् आफैमा पनि एक आदर्श लोक भैसकेको छैन । त्यहाँ पनि झुपडपट्टिहरु छन्, अपराधहरु ह्ुन्छन् र केहि मान्छेहरु त्यहाँ पनि गरिबीको मार झेलेर बाँचीरहेका छन् । तर मान्छेहरु स्वतन्त्र छन् । त्यहाँ उनीहरुसँग स्वतन्त्रता छ र आफ्नो जीवनलाई सुधार गर्दै लैजान निर्विरोध अवसरहरु छन्, र धेरै सफल पनि हुन्छन् ।

हो हङकङ्मा भयानक गरिबी छ तर समय बित्दै जाँदा मान्छेहरुको जीवन सहज र समृद्ध पनि बन्दै गएको छ । केहि समय अगाडि चिनको सिमाना पार गरेर हङकङ् पस्दा भन्दा आजको दिनमा उनीहरुले निकै प्रगती गरिसकेका छन् । त्यसैले हामी जुन गरिबीलाई भयानक गरिबी भन्छौं, ती मान्छेहरु त्यहि गरिबीमा रमाउने गर्छन् किनकि हङकङ्मा त्यहि गरिबी असली गरिवहरुकालागि स्वतन्त्रता र अवसरको प्रतिक भएको छ ।

संसारको कुनै पनि कुनामा हेर्ने हो भने गरिवी जताततै देख्न सकिन्छ । यस्तो कुनै पनि शासन व्यवस्था छैन जसले हरेक मान्छेको जीवन रातारात रुपान्तरण गर्न सकोस् । यस परिप्रेक्षमा उचित प्रश्न भनेको कस्तो प्रकारको व्यवस्थाले चाहिँ सबै भन्दा प्रभावशाली ढंगमा मान्छेलाई समृद्धि दिन सक्छ त भन्ने हो । कस्तो व्यवस्थाले मान्छेलाई आफ्नो जीवनको उत्थान गर्न सबै भन्दा बढि अवसर दिन्छ त ? इतिहासको पाना पल्टाउने हो भने हामीले यसको एक मात्र हल भेट्नेछौं । जति धेरै आर्थिक स्वतन्त्रताको हुन्छ, समय बित्दै जाँदा साधारण मान्छेको जीवनमा त्यतिनै धेरै सकारात्मक परिवर्तन आउँदै जान्छन् ।

हङकङ्को लत्ताकपडा कारखानामा काम गर्ने कामदारहरुलाई कुन निकाय वा के कुराले ईज्जतिलो पारिश्रमिकको ग्यारेण्टि गर्छ होला त ? हो, उनीहरुले पश्चिमा मुलुकहरुमा जति ठूलो रकम त पाउँदैनन्, तर पनि उनीहरुको पारिश्रमिकले उनीहरुलाई संसारको थुप्रै राष्ट्रका नागरिकहरु भन्दा सहज र उच्च तहको जीवन जीउन सक्ने स्थितिको सृजाना गरेको छ । यो कुनै सरकारी परियोेजना वा मजदुर संघको लगातार प्रयासले भएको भने पक्कै होइन । श्रमिकहरुको समग्र प्रगति सफल भएको छ भने त्यसको श्रेय जान्छ बजारमा विद्यमान प्रतिस्पधालाई — श्रमिकको श्रम र कुशलताको प्रतिस्पर्धा ।

जब कुनै व्यापारीलाई बजारमा प्रतिस्पर्धा गर्न केहि अप्ठेरो पर्न जान्छ, अर्थात्, जब कुनै वस्तु वा सेवाको बजारनै बन्द हुने लक्ष्यण देखा पर्न थाल्छ वा उसको कुनै कडा प्रतिस्पर्धा बजारमा प्रवेश गर्छ, तब त्यो व्यापारीसँग जम्मा दुई विकल्पहरु हुन्छन् । कि त उसले सरकारको चाकडि गरेर वा पैसाको लोभ देखाएर आफ्नो पक्षमा कुनै कोटा वा विशेष करको व्यवस्था निम्त्याउन सक्छ, कि त उ आफैले आफ्नो दक्षता बढाई बजारमा प्रवेश गरेको नयाँ खेलाडिसँग प्रतिस्पर्धा गर्न सक्छ । हङकङ्मा यो पहिलो विकल्प पटक्कै छैन । वैदेशिक व्यापारमा अतिनै धेरै निर्भर भएकाृ हुँदा हङकङ् सरकारसँग अहस्तक्षेपकारी नीति अपनाउने बाहेक अरु उपाय नै छैन । यस्तो नीति अपनाउँदा कोहि नीजी व्यक्तिलाई केहि अप्ठेराहरु पर्न जालान्, तर समाजको हित हेर्ने हो भने सबै भन्दा स्वस्थ निति नै यहि हो । केवल ती व्यापारीहरु जसमा लचकता छ, जो बजारको माग अनुसार आपूmलाई रुपान्तरित गर्दै लैजान सक्छन् उनीहरु मात्र बजारमा टिक्छन् र अन्य व्यत्तिहरुकोलागि रोजगारीको अवसर सृजना गर्छन् । भन्सार कर वा अन्य रोक लगाउने नितिअरु नहुनु त्यो मुख्य कारण हो जसले गर्दा हङकङ्मा मान्छेहरुको जीवनशैलीमा लगातार सकारात्मक वृद्धि सम्भव भएको छ ।

यहाँ सम्म कि कम्यूनिस्ट चीनले पनि हङकङ्को यो सफलतालाई स्वीकारेको छ । चीनले पनि हङकङ्मा उद्योगहरु स्थापना गरेको छ र पूँजीवाद अपनाएको छ । क्रेडिटकार्ड अर्थात् पूँजीवादको नवीन आविष्कारलाई उसले पनि मान्यता दिएको छ । र आज कम्यूनिस्ट चीनको आधिकारिक बैंक, बैंक अफ चाइना हङकङ्कै सबै भन्दा ठूलो बैंक भएको छ । यसै कारण हामी सजिलै यति भन्न सक्छौं कि कम्यूनिस्ट चीनले पनि बजारको शक्तिलाई स्वीकारेको छ ।

यो सकै संभव हुनमा हङकङ्को सरकारको निकै ठूलो भूमिका रहेको मान्न पर्छ । सरकाले के गरेको छ मात्र भने जति नै के–कस्ता कदमहरु चाल्न बाट सर्तक रहेको छ भन्ने पनि सराहना गर्न पर्ने विषय हो । सरकारले हङकङ्वासीलाई विधिको शासन र करार पालनाको ग्यारेण्टि दिएको छ । सरकारले स्वतन्त्र बजारले बढावा पाउने, फल्ने–पूmल्ने अवसर पाउने, प्रभावकारी र्ढगले कार्यान्वयन हुन पाउनै वातावरण सृजना गरीदिएको छ । र सबै भन्दा महत्वपूर्ण कुरा के हो भने सरकारले हङकङ्को आर्थिक क्रियाकलापहरुलाई कुनै पनि ढैगले हस्तक्षेप गर्ने, अझ यति सम्म कि मार्ग निर्देश सम्म गर्ने पनि प्रयत्न गरेको छैन ।

हङकङ्मा स्वतन्त्र बजारको त्यो अमानविय पक्ष कार्यरत रहेको पाइन्छ जहाँ मानिसहरु जोकोहि बाट जेकेहि वस्तु वा सेवा किन्न, जोकोहिलाई जेकेहि वस्तु वा सेवा बेच्न वा जोकोहिको लागि पनि काम गर्न स्वतन्त्र छन् । संयुत्त राज्य अमेरिकामा भने मूल्य नै मूल शूत्र रहेको पाइन्छ । यहाँ उपभोत्ता कति पैसा तिर्न राजी छन् भन्ने कुराले के उत्पादकहरु वस्तुको उत्पादन गर्छन् भन्ने कुरालाई निर्देश गरीरहेको हुन्छ । तर केहि वस्तु वा सेवा उत्पादन गर्न कति लागत लाग्छ भन्ने कुरालाई कच्चा पदार्थको मूल्य, श्रमीकलाई दिन पर्ने पारिश्रमिक जस्ता विभिन्न पक्षहरुले असर गरिरहेको हुन्छ । र यिनै पक्षहरुले नै हरेक उपभोत्ताले कुनै पनि वस्तु वा सेवा उपभोग गर्न कति मूल्य चुकाउन पर्छ भन्ने कुरा निर्धारण गरिरहेको हुन्छ । तर विगतका केहि दशकहरुमा सरकारले यो पछिल्लो पक्षलाई बेवास्ता गरेको पाइन्छ र साथसाथै एक भयानक गल्ती पनि । नत्र, यदि कोहि व्यापारीको कमाइ उसले के वस्तु उत्पादन गर्छ, कति परिमाणमा उत्पादन गर्छ र उसले उत्पादन गरेको वस्तुले बजारमा कतिको ख्याती कमाउन सक्छ वा भनौं मान्छेले त्यो वस्तुलाई कतिको रुचाउँछन् भन्ने जस्ता पक्षहरुले निर्धारण नगर्ने हो भने त्यो व्यापारीलाई बजारको माग अनुसार वस्तु वा सेवा उत्पादन गर्नलाई के नै उत्प्रेरण रहन्छ त ? मान्छेको जीवनलाई सहज बनाउने नै स्वतन्त्र बजारले उद्यमी तथा व्यापारीरुलाई समाजमा के वस्तु वा सेवाको माग रहेको छ भन्ने सूचना दिने हुनाले हो । यदि बजारलाई यसरी स्वतन्त्र ढंगले चल्न नदिने हो भने यसको एक मात्र विकल्प हुन्छ, मान्छेलाई जबर्जस्ती कुनै वस्तु वा सेवा उत्पादन गर्न वाध्य तुल्याउने ।

कुनै पनि स्वतन्त्र समाजको मूल शुत्र भनेको स्वेच्छिक समन्वय हो । आर्थिक बजार — किन बेच गर्नु — यसको एक उदाहरण हो । स्वेच्छिक समन्वयका अन्य थुप्रै व्यवहारिक साधनहरु ह्ुन्छन् । तपाई कुनै यस्तो कुरा सम्झनुहोस्, जुन् तपाईको बिचारमा स्वेच्छिक समन्वयसँग केहि सम्वन्ध नै राख्दैन । उदाहरणको लागि हामी भाषालाई नै हेरौं । हामीले दैनिक रुपमा प्रयोग गर्ने भाषा, ती अनगिन्ति शब्दहरु र ती व्याकारणका नियमहरु । कुनै सरकारले त ती कुराहरु योजना बनाएर तीनको ढांचा तयार पारेको होइन नि । भाषा त मान्छे मान्छे बिच संचार गर्नु पर्ने मागको पूर्ति गर्नकालागि तीनै मान्छेको बिचको स्वेच्छिक समन्वय बाट विकास भएको न हो । हाम्रो पीडिका केहि उत्कृष्ट वैज्ञानिक आविष्कारहरुलाई नै हेरौं न ः आइन्सटाइन, न्यूटन, थोमस एडिसन वा एलेक्जान्डर ग्राहम् बेल जस्ता वैज्ञानिकहरुका आविष्कारहरु वा फ्लोरेन्स नाइटिंगेल, एन्ड्रु कार्नजी जस्ता महान् व्यक्तित्वहरुको सामाजिक कार्यहरु । यी मध्ये कसैको पनि कुनै पनि आविष्कार वा सामाजिक कार्य कुनै सरकार वा लीडरको आदेशमा भएको त होइन । यी मान्छेहरुले आपूmलाई रुचि लागेका विचार र कृयाकलापहरुलाई अनुसरन गरेका समाजलाई उनीहरुले जे देन दिए, त्यो दिन सम्भव भएको हो । हाम्रो समाजको बनावटमा यस प्रकारको स्वेच्छिक समन्वयले यसरी जड गाडर बसेको छ कि हामी प्रायः यसको सहि मोलको बारेमा चिन्तन नै गर्न बिसन्छौं । तर हामीमा यो कमजोरी हुँदाहुँदै पनि पश्चिमा सभ्यताको विकास भएको नै व्यक्तिगत आकांक्षाहरु पछ्याइ रहेका नीजि व्यत्तिहरु बिचको स्वेच्छिक समन्वयले गर्दा मात्र सफल हुन सकेको र यतिको शानदार समाजको सृजना हुन सकेको हो भनी भुल्न हुँदैन ।

Akash Shrestha

About Akash Shrestha

Akash Shrestha is Coordinator of the Research Department at Samriddhi, The Prosperity Foundation where his focus areas are petroleum trade and public enterprises. He also writes newspaper articles, blogs and radio capsules, based on the findings of the studies conducted by The Foundation.

Leave a Reply

Your email address will not be published. Required fields are marked *