एसएलसी नतिजा किन खस्कियो ?

Slc_exam_nepal (9)विगतका वर्षहरुमा झै यस वर्ष पनि फलामे ढोका पार गर्न नेपालका लाखौँ भोलिका कर्णधारहरु दिन रात नभनी लागि परे । देशमा विद्यमान राजनितिक अस्थ्रिता अनि दैनिक १२ घण्टाको लोडसेडिङको मार सहेरै पनि एस.एल.सी. दिए पनि । अनि मनमा झिनो आश पनि राखियो यस पालिको एस.एल.सी.को नतिजा विगतको वर्षहरुको जस्तो नहोस् भनेर । तर एस.एल सी. को यसपालिको नतिजा पनि हामी सामु नै छ । र यो नतिजाले कतिपय विधार्थीलाई अनि आम नेपालीलाई पुर्ण हत्तोसाही बनाएको छ । आखिर यस्तो नतिजा आउनूमा दोष कसको छ ? एक चोटि गहिरिएर सोच विचार पो गर्ने हो कि ? यो पालिको नतिजामा निजी विद्यालय र सरकारी विद्यालयको तूलनात्मक अध्यन हेर्ने हो भने निजि विधालयका विधार्थीको उतिर्ण सङ्कख्या ९३ प्रतिशत छ तर सरकारी विद्यालयको विद्यार्थीको उतिर्ण सङ्ख्या निकै न्यून २८ प्रतिशत । अबको यो नतिजा बाट हामीले के आँक्mलन गर्न सक्छौ भने सायद दोष कतै हाम्रो सरकारी विधालयमा हुने पढाई व्यवस्थाको त होइन ? सरकारी विद्यालयमा हुने गरेका प्रशासकीय कमि कमजोरी अनि पढाई हुने शैली बाट हामी परिचित नै छौ । उही अदक्ष शिक्षक, रोटन्टे शैलीमा हुने गरेको पढाई अनि शिक्षकको विद्यार्थी प्रतिको न्यून जवाफदेहिता, फितलो प्रशासन, शिक्षक र विद्यार्थीको दैनिक यी सब सरकारी विद्यालयका वास्तविकता हुन । अझ भन्नुपर्दा आजको सन्दर्भमा यी सम्पूर्ण समस्याहरु सरकारी विद्यालयका पर्याय बनिसकेका छन् । अझ कृपावादलाई बढुवा दिदै आफनो सट्टामा अरु न्यून कोटिका सिकारु शिक्षकलाई स्वयमले दरबन्दी दिदै आफू भने अन्यत्र जागिरमा आवद्ध हुने समस्याले त झन् विकराल स्वरुप लिदै छ । यस्ता तथाकथित सिकारु शिक्षक बाट हामीले कसरी आश गर्न सक्छौ ? जहाँ दक्ष मानिएका सरकारी शिक्षकबाट राम्रो प्रतिफल पाइदैन भने यस्ता शिक्षकलाई देशका कर्णधार सुम्पिदा के हालत होला ? सेवा सुविधाको कुरा गर्ने हो भने पनि सरकारी शिक्षकको तलव अनि अरु सुविधा पनि निजि विधालयको तूलनमा राम्रो मानिन्छ । सरकारले समय समयमा विभिन्न तालिम हरु जस्तै शिक्षक अभिबृद्धिमूखीकरण तालिम सरकारी शिक्षकहरुलाई दिदँै पनि आएको छ । तर सरकारले उपलब्ध गराउने यी यस्ता तालिमहरु शिक्षकको भता पचाउने बाटो मात्र भएको छ भन्दा अतियुक्ति नहोला । निजी विद्यालयमा जस्ता राम्रो काम नगरेमा पदबाट निलम्बीत नै हुनुपर्ने अवस्था पनि सरकारी विद्यालयमा हुदैँन । यदि त्यसो नहुँदो हो त किन हामीले सरकारी विद्यालयबाट उच्च स्तरको नतिजा किन हेर्न पाएका छैनौ त ? हरेक वर्षहरुमा सरकारी विद्यालयबाट आउने यस्ता निराशा पूर्ण नतिजाले कति विद्यार्थीले अनाहकमा ज्यान पनि गूमाएका छन् । यस्ता सवँेदनशील पक्षमा राज्यको ध्यान किन केन्द्रीत हुन सकिरहेको छैन ? नेपालका हरेक बार्षिक बजेटहरुमा शिक्षा क्षेत्रमै बढी लगानी गरिएको कुरालाई पनि यहाँ हामीले नकार्न सक्दैनौ तर पनि अपेक्षाकृत लाभ उठाउन सकिएको अवस्था छैन । यदि गुण्स्तरीय शिक्षा प्रवाह गरी उच्च स्तरको नतिजा हासिल गर्ने हो भने सरकारी विद्यालयमा कडा निति नियमको कार्यन्वायन हुन जरुरी छ । साथै सरकारी शिक्षकलाई आफ्नो काम प्रतिको कर्तव्यनिष्ठता जवाफदेहिताको बोध गराउनु, काम प्रति अजिम्मेवार शिक्षकलाई निलम्वन गर्ने, दक्ष र इमान्दार शिक्षकलाई प्रोत्साहान दिने, अनि प्रशासकिय कार्यप्रणालीमा सुधार र निगरानीको व्यवस्था गर्नु अपरिहार्य भईसकेको छ । तब मात्र हरेक वर्ष सरकारी विद्यालयबाट आउने यस्तो नतिजाबाट देशले केही राहत पाउन सक्नेछ ।

Sunita Bhattarai

Communication Assistant at Samriddhi, The Prosperity Foundation

Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.