उत्प्रेरणाको भूमिका

Comment

Economy

निम्न लेख रसल रोबर्ट्सको निवन्ध “Incentives Matter” को आकाश श्रेष्ठको नेपाली अनुवाद हो| यस अनुवाद पहिलो पटक ‘विचार डबली’ मा मे , २०१४ मा प्रकाशित भएको थियो|

– रसल रोबर्टस्

अठारौं सताब्दिको अन्त्य तिर आएर बेलायतले कैदिहरुलााई अष्ट्रेलिया पठाउन थाल्यो । जल यातायातको सुविधा नीजि क्षेत्रले प्रदान गथ्र्यो भने खर्च ब्यहोर्ने जिम्मा भने सरकारले लिन्थ्यो । जाँदाजाँदै बाटैमा थुप्रै कैदिहरु मृत्यूको शिकार बन्न पुग्थे — कारण, खराब पोषण, अत्याधिक भिडभाडले निम्त्याउने विभिन्न प्रकारका अन्य रोगहरु र स्वास्थ्य चिकित्सा सेवाको अभाव, वा कतिपय अवस्थामा त चिकित्सा सेवाको प्रावधान नै नहुनु । १७९० र १७९२ को बिचमा मात्र १२ प्रतिशत कैदिहरु बाटैमा पलायन हुन्थे । थुप्रै असल बेलायती नागरिकहरु यस्तो अवस्थाका कारण मन खिन्न बनाउँथे । उनीहरु जे जस्तै भए पनि अष्ट्रेलिया पठाउनु भनेको मृत्यू दण्डको पर्याय हुनु हुँदैन भन्ने भाव राख्थे । एक पटक एउटै जाहाजमा लैजाँदै गरिएका मध्ये ३७ प्रतिशत कैदि सम्म मृत्यूको शिकार बन्न पुगे ।

अब यस्तो अवस्थामा, ती जाहाजका कप्तानहरुलाई कसरी चाहिँ ती कैदिहरुको राम्रो हेर–विचार गर्न लगाउने त ? त्यस बेला यस प्रकारको एउटा निकै गम्भिर प्रश्न उठ्यो बेलायती सरकार माथि ।

सबै भन्दा पहिलो विकल्प भनेको ती जाहाजका कप्तानहरुलाई मान्छे नै मर्ने गरेर कैदिहरुको केहि वास्ता नै नगर्नु त अमानवताको पराकाष्टानै हो नि भनेर लेक्चर दिनु थियो, र केहि हद सम्म त्यसो गरिएको पनि थियो । अर्को भनेको जाहाजका कप्तानहरुलाई उनीहरुको जाहाजमा भरिएका कैदिको संख्याको आधारमा पैसा तिर्न मिल्ने गरी कैहिहरुको यातायातको लागि राज्यले सुहाउँदो किसिमको बजेटको व्यवस्था गर्ने होला । यसो गरिसके पछि ती कप्तानहरुलाई ती कैदिहरुको राम्रो हेर–विचार गर्नु भनेर फेरि लेक्चर दिने वा सम्झाउने । (किनकि कोहिकोहि कप्तानहरुले कैदिहरुकालागि भनि छुट्ट्याइएको अन्न र औषधिहरु बचाएर पछि अष्ट्रेलिया गएर बेचबिखन गरेर पैसा कमाउन गरेको पनि पाइएको थियो । ) ती कप्तानहरुलाई पैसा अलि होस पुर्याएर खर्च गर्न भनी पनि अनुरोध गर्न सकिन्थ्यो । तर जे गरे पनि आखिर यी विकल्पहरु भ्नेको ती कप्तानहरुलाई आफ्नै व्यवहार सुधार्न भनेर कुनै दोस्रो व्यक्ति वा समूहले चेतना फैलाउने प्रयास गर्नु मात्र हुन्थ्यो ।

अन्त्यमा यो समस्याको समाधान निकालियो । फरक यति थियो कि कुनै दास्रो व्यक्ति वा समूहले घच्घच्याउनु भन्दा ती कप्तानहरुलाई आपैmले नै यसको बारेमा केहि गर्न उत्प्रेरित गरियो । सरकारले कप्तानहरुलाई अष्ट्रेलिया पुगेपछिको हरेक जिवित कैदि बापद बोनस दिने निर्णय गर्यो । यसर्थ, एक भिन्न प्रकारको विकल्प छानियो ।

त्यस पछिको लगत्तैको भ्रमणमा तीन जहाज गरी ३२२ कैदि मध्ये केवल एकको मृत्यु भयो । एउटा सरल परिवर्तनले चामत्कारिक भूमिका खेल्यो । यति बेला ती कप्तानहरु प्हिले भन्दा बढि विनम्र र करुणमय भने भएका थिएनन् । तीनिहरु प्हिले जत्तिकै कंजुस र छोट्टा थिए । तर नयाँ नीति अनुसार तीनिहरुले विनम्र र करुणमय ढङ्गले व्यवहार गर्न उत्प्रेरणा पाए । अर्थात्, तीनिहरुले विनम्र र करुणमय ढङ्गले व्यवहार गर्नुमा आफूलाईनै बढि फाइदा हुन जाने पाए । यो परिवर्तनले कप्तान र कैदिहरुको सरोकारलाई एकै विन्दुमा केन्द्रित ग¥यो । कैदिहरु अचानक मृत भन्दा जिवित अवस्थामा बढि मूल्यवान हुन पुगे ।

जे भने पनि मान्छेको दिमागमा उत्प्रेरणाले ठूलो भूमिका खेल्छ । अर्थशास्त्रमा एउटा निकै चर्चित अदाहरण दिने गरिएको पाइन्छ —डिमान्ड कर्भको । अर्थात्, जब कुनै वस्तुको मूल्य बढ्न जान्छ, तब मान्छेहरु त्यो वस्तु कमै मात्र किन्छन् र कमै उपभोग गर्छन् , र जब कुनै वस्तुको मूल्य घट्न जान्छ, तब मान्छेहरु धमाधम त्यो वस्तु किन्न थाल्छन् र उपभोग गर्न थाल्छन् ।

कोहि मान्छेहरुलाई भने अर्थशास्त्रको यो मूल सिद्धान्त अलि पच्दैन । शंका गर्ने व्यक्तहरु भन्छन्, “जब इन्धनको मूल्य आकाशिन्छ, म तब पनि त इन्धन किनिरहेकै हुन्छु ।” अझ कडा शब्दमा भन्ने हो भने “यस्ता गफ जति नै गरेपनि मान्छेलाई त्यै गाडि चलाउन इन्धन नभई हुँदैन, त्यसैले मूल्य जति नै बढे पनि मान्छेले चाहिएको वस्तुको मूल्य बढोस् वा घटोस्, मान्छेले त्यो वस्तु किनिरहेकै हुन्छन्, त्यसको उपभोग गरिरहेकै हुन्छन् । ”

हो, मान्छेलाई इन्धनको मूल्य जतिनै बढेतापनि किन्ने पर्ने वाध्यता हुन सक्छ । तर मान्छेले जसरी भए पनि कसरी कम खपथ गर्न सकिएला भन्ने बारे चाहिँ सोचिरहेका नै हुन्छन् । हो सबैले इन्धन खरिद गर्नै बन्द नगर्लान्, तर कम खपथ गरेर पनि काम चलाउने उपायहरु भने खोजी नै रहन्छन् ।

मूल्य बृद्धि हुँदाको अवस्थामा मान्छेहरु उत्प्रेरणा पाउँदा कसरी व्यवहारमा परिवर्तन ल्याउँछन्, यो निकै कौतुहलको विषय हो । जब इन्धनको मूल्य आकाशिन्छ, कोहि मान्छे गाडि हाँक्नै कम गर्छन्, कोहि कम गतिमा हाँक्ने बानी बसाल्छन्, कोहि कसरी एकै पटकमा धेरै भन्दा धेरै काम निप्टाएर इन्धन जोगायन सकिन्छ भन्ने सोच्न थाल्छन् । यदि अलि धेरै नै अवधिकोलागि इन्धनको मूल्य माथि नै रहिरहने हो भने त्यस पछि मानछेहरु राम्रो माइलेज दिन गाडिहरु खोज्न थाल्छन्, अफिस वरपर तिर नै वसोवास गर्न थाल्छन् र इन्धन प्रयोग हुने महँगा सोखहरुमा कटौती गर्न थाल्छन् ।

हो, सबै जनाले यस्तै गर्न थाल्छन् भन्ने पनि होइन । कसैकसैलाई यो मध्ये कुनै पनि काम गर्नै नपर्ने पनि हुन सक्ला । तर सम्पूर्ण जन समुदायलाई हेर्ने हो भने इन्धनको मूल्य आकाशिनुले मान्छेलाई इन्धन प्रयोगमा कटौतिगर्न भने पक्कै पनि बाध्य तुलाउँछ ।

यसै गरी, जब वस्तुको मूल्य घट्न थाल्छ, अन्य सबै कुरा यथावत नै राख्ने हो भने, मान्छेले सो वस्तुको बढि उपभोग गर्न रुचाउने देखिन्छ ।
उत्प्रेरणा भन्ने बित्तिकै मान्छेलाई त्यसले केहि गर्न अवस्य झक्झक्याउँछ । तर कसरी गर्ने भन्नेमा चाहिँ मान्छेहरु निकै रचनात्मक हुन सक्छन् । एउटा अर्को निकै चर्चित उदाहरण चिलीको हुन सक्छ । चिलीमा मुद्रास्फिति भएको बेलामा त्यहाँको सरकारले पाउरोटिको अधिकतम खुद्रा मूल्य तोकिदियो । यस्तो नीतिले व्यवसायीहरुलाई नकारात्मक असर पर्न जाने देखियो । कानूनले तोकेको मूल्यमा बिक्रि गर्दा व्यवसायीहरुको लागत नै नउठ्ने अवस्था सृजना हुन पुग्यो ।

यस्तो अवस्थामा मान्छेको सबै भन्दा पहिलो सोचाइ भनेको अब व्यवसायीहरुले पाउरोटि उत्पादन नै बन्द गर्लान् भन्ने हुन जान्छ । निश्चयनै, चिलेमा पनि सबै मान्छेले अब बजारमा पाउरोटि पाईंदैन भन्ने सोच्न थाले । तर व्यवसायीहरुले चतुर भएर एउटा नयाँ तरिका अपनाए । सर्वप्रथम, व्यवसायीहरुले पाउरोटिको मात्रानै यसरी घटाइदिए कि सो पाउरोटिको उत्पादनको लागत त्यसको अधिकतम खुद्रा मूल्य भन्दा कम पर्न गयो । त्यस पछि सरकारले न्यूनतम तौल पनि निश्चित गरिदियो । यसको उत्तरमा व्यवसायीहरुले काँचै पाउरोटि बेच्न थाले जसले गर्दा त्यसको तौल सरकारी मापदण्ड अनुसार हुन पुग्यो । वस्तुभाउको मूल्य बढ्दै गएर व्यवसाय गर्न अझ गाह्रो पर्न गएपछि व्यवसायीहरुले प्लास्टिकमा पीठो र पानी बेच्न थाले ।

अर्थशास्त्र भनेको पैसाकै बारे अध्ययन गर्ने शास्त्र हो भन्ने विश्वास जानमानसमा रहेता पनि, गैर मौद्रिक उत्प्रेरणाले पनि मान्छेको व्यवहारमा निर्धारन गर्नमा मौद्रिक उत्प्रेरणाले जतिकै भूमिका निर्वाह गर्ने क्षमता राख्दछ । हाम्रो व्यवहारमा परिवर्तन ल्याउन सक्ने विभिन्न कारकहरु मध्ये एक हो समय ।

मानौं तपाईलाई प्रख्यात बेलायती साङ्गितिक समूह बिटल्स निकै मन पर्छ । अझ मानौं, कुनै चमत्कारवस बिटल्सको एक महिना पछि एउटा अन्तिम कन्सर्टकोलागि मात्र भनेर सो समूहको चारै जना सङ्गितकारहरु फेरि एकै पटक एउटै स्टेजमा उभिएर तपाईको घर निरैको हलमा प्रदर्शिन दिने भनेर घोषणा भयो । तपाईलाई यो खबरले कतिको आनन्द देला ? तपाई अब जसरी भए पनि त्यो कन्सर्ट हेर्ने नै भनेर तम्सिनु होला । तर अब सो कन्सर्टकोलागि पैसा तिरेर टिकट किन्न नपाइने र सबै भन्दा पहिला पुग्ने २५० व्यक्तिलाई मात्र टिकट दिइने भयो भने ? निःशुल्क, तर सुरुको २५० ले मात्र हेर्न पाउने ।

अब यो कन्सर्ट निःशुल्क भन्ने नै रहने गएन । झन् महँगो पो हुन गयो । कन्सर्ट हेर्नै पर्ने हो भने त अब त्यो हल वरपर नै एक महिना अगाडि देखि डेरा गरेर बस्न पर्ने भयो । यसो नगर्ने हो भने र त्यो सुरुको २५० जना मध्ये पर्न सकिने अवस्था नै नरहन जान्छ । अनि यति गरे पनि टिकट पाइन्छ नै भन्ने चाहिँ ग्यारेन्टि नरहन पनि सक्छ । किनकि जब कुनै वस्तुको मूल्य मान्छेलाई आपूर्ति भन्दा बढि माग गर्न लालायित गर्ने गरी निर्धारण हुन जान्छ, तब मान्छेहरु भद्रभलाद्मी पाराले लाइनमा नै बसेर टिकट काट्न जान्छन् भन्ने कुराको केहि ग्यारेन्टि हुँदैन ।

एउटा चर्चित रेस्टुरेण्टको बारे सोध्दा योगि बेर्राले भनेका थिए , “आजभोलि त्यहाँ यति भिड हुन थालेको छ कि कोहि मान्छे जाँदै जाँदैनन् । ” एस्सो सुन्दा कस्तो नसुहाउँदो प्रकारको र व्यंग्यात्मक सुनिन्छ यो भनाइ । तर गहिरेर हेर्ने हो भने निर्कै भावपूर्ण बन्न जान्छ फेरि यहि वाक्य । उनको भनाइको अर्थ के हुन सक्छ भने यदि कसैलाई समय को निकै महत्व हुने हो र त्यो समय कुनै शान्त र आनन्दको ठाउँमा बिताउने इच्छा रहेको भए तीनकालागि अन्य विभिन्न विकल्पहरु छन् । छोटकरीमा भन्ने हो भने, “त्यो ठाउँमा यति भिड हुन्छ कि मान्छेले “मैले पनि केहि गरेको छु है” भन्ने महसुस गर्ने बित्तिकै त्यहाँ जानै छोड्छ । अथवा योगिले यो भन्दा भिन्दै पनि केहि भन्न खोजेका हुन सक्छन्, जस्तै, “त्यहाँ यस्तो भिड हुन थाल्यो कि आजभोलि त्याहाँ जान पाउनकोलागि आपूm कोहि न कोहि त हुनै पर्छ, । त्यहाँको साहुले नै जो पायो त्यहि अ‍ैरेगैरेलाई त त्यहाँ छिर्नै दिँदैनन् ।”

यसले पैसानै सबै थोक होइन भन्ने पुष्टि गर्छ । तर समय मात्रै पनि सबै थोक होइन । मान्छेले उसको ईज्जत र स्वविवेकको बारे पनि सोच्छ । मान्छेलाई वीरता, राष्ट्रियता, माया–प्रेम जस्ता भावहरुले पनि उत्तिकै झक्झक्याउँछ । यी सबै कुराहरुले मान्छेलाई उत्प्रेरित गर्न सक्छन् ।

जब कोहि अर्थशास्त्रीले उत्प्रेरणाको महत्वको बारे कुरा गर्न थाल्छ, तब साधारण मान्छेले खाली मौद्रिक उत्प्रेरणाकै बारेमा मात्र कुरा भइरहेको जस्तो सोच्न थाल्छ । जब त्यो अर्थशास्त्रीको भनाइको तात्पर्य के हुन्छ भने अन्य सबै कुरालाई यथावत नै राख्ने हो भने, जस्तै, शान र लाज, गौरव र अपमान, र त्यहि बेला मौद्रिक इनाम बढाइदिने होे भने मानछे पक्कै पनि त्यो काम गर्न लालायित हुन्छन् । र तीनै कुराहरु यथावत नै राखेर कुनै काम गर्दाको मौद्रिक इनाम घटाउने हो भने मान्छे त्यो काम गर्न हिचकिचाउन थाल्छन् ।

अर्थशास्त्रीहरुले मौद्रिक उत्प्रेरणलाई बढि महत्व दिनुको एउटा कारण के पनि हो भने यस खालका उत्प्रेरणाहरु सजिलै देख्न सकिन्छन् र यिनको मात्रामा फेरबदल गर्न पनि सजिलो हुने हुन्छ । एक अर्थशास्त्रीको नजरमा जब डाक्टर पेसाको तलब बढ्न जान्छ, तब मान्छेहरु पनि डाक्टर नै बन्न खोज्छन् । तर मान्छेहरु भने के सोचेर भ्रममा पर्न जानछन् भने डाक्टरहरु लोभी हुन्छन् र पैसाको लालचमा आएर डाक्टरी पेसा रोज्न पुग्छन् । तर वास्तवमा भएको चाहिँ के हुन्छ भने अन्य सबै गैर मौद्रिक संतुष्टिलाई यथावत् नै राख्दा डाक्टरी पेसामा बढेको तलबले मानछेलाई सो पेसा छान्न उत्प्रेरित गर्छ । अन्य कुनै पनि पेसमा पनि यहि नै कुरा लागु हुने हो । र मौद्रिक उत्पे्ररणालाई छोडेर अन्य गैर मौद्रिक उत्प्रेरणा बढाउने हो भने पनि सबै प्रकारका पेसाहरुमा यस्तै बदलाव देख्न सकिन्छ ।

मौद्रिक र गैर मौद्रिक उत्प्रेरणा बिचको भिन्नता बुझ्नकालागि कुनै मृगौला रोगीकोलागि एक स्वस्थ मृगौलाको महत्व वा भनौं मृगौलाको माग र आपूर्तिको स्थितिको उदाहरण लिन सकिन्छ । हालको कानून अनुसार संयुक्त राज्य अमेरिकामा मृगौलाको किनबेच गर्न गैर कानूनी ठहर हुने अवस्था छ । आजको दिनमा मृगौलाको आपूर्ति पूर्णतः मान्छेको दया–मायामा भर पर्ने कुरा हो । हरेक वर्ष हजारौं मानछेले आफ्नो ईष्ट मित्र वा कोहि अनजान व्यक्तिको ज्यान बचाउनकालागि आफ्नै ज्यान जोखिममा पारेर मृगौला दान गर्ने गर्छन् । थप कतिपयले मृत्यू पश्चात मृगौला दान गर्छन् । यस प्रकारको दानी भाव कसैलाई सहयोग गर्दा मिल्ने आत्मसन्तुष्टि बाट प्रोत्साहित भएका हुन्छन् । यस प्रकारको सन्तुष्टि पनि एक प्रभावकारी उत्प्रेरणा हो । तर यति भन्दैमा यसले मृगौलाको माग बराबरको आपूर्ति कायम गर्न सक्ने क्षमता भने राख्दैन । हरेक वर्ष अन्य हजारौं मान्छेहरु त्यहि मृगौला नपाएर मृत्यूको शिकार बन्न पुग्छन् ।

यदि यस्तो अवस्थामा मृगौलाको माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन खोज्ने हो भने हामी फेरी उहि अष्ट्रेलिया लगिंदै गरिएका कैदि र ती छोट्टा कप्तानहरुकै जस्तो समस्या पाउँछौं । रोगी मान्छेलाई र्मगौला दिने हो भने स्वस्थ मान्छेहरुलाई उनीहरुको मृगौला दान गर्न उत्प्रेरित गर्न पर्ने हुन्छ । कि त मान्छेलाई मृगौला दान गर्नु भनेको धर्म हो र यसो गर्नाले पुन्य कमाइन्छ र अथाह आत्म सन्तुष्टि मिल्छ भनेर सुनाउँदै हिंड्न पर्यो कि त सरकारले नै जिम्मेवारी लिएर यसो गर्नु मानवताको पहिचान हो भनेर वकालत गर्न थाल्नु पर्यो । तर यसो गर्नु भन्दा सजिलो उपाय भनेको चाहिँ पक्कै पनि मृगौला किनबेचलाई कानूनी मान्यता प्रदान गर्नु हो । मागेर काम लिन भन्दा पैसा तिरेर काम लिन खोज्ने हो भने मान्छेहरु मद्दत गर्न बढि तत्पर हुन्छन् ।

उत्प्रेरणा जस्तो गुणले मान्छेले अर्काको वा समूहको सम्पतिको दाँजोमा आफ्नै सम्पतिको रेखदेख गर्ने पद्धतिमा ठूलो भिन्नता ल्याउँछ । मान्छेले भाडाको गाडि भन्दा आफ्नै गाडिको बढि हेराचाह गर्छन् । सोभियत संघमा पनि सामूहिक खेतहरु भन्दा नीजि खेतहरुको राम्रो उत्पादकत्व रहेको पाइएको सबैलाई अवगत नै छ ।

प्लाइमथमा मान्छेहरुले सामूहिक खेति सुरु गरेका थिए । तर पहिलो वर्षमा खराब उव्जनी भए पछि त्यहाँ सामूहिकता भन्दा भिन्न प्रकारको उत्प्रेरणाको संयत्त्रलाई अपनाइयो । गर्भनर ब्राडफर्डले आफ्नो जर्नलमा यसका बारे लेखेका छन्,

“र त्यस पछि हरेक परिवारलाई परिवारको सदस्यको संख्याको आधारमा, खेति गर्नकालागि भनेर र वंशानुगत हक दावी गर्न नपाउने सर्तमा एक–एक टुक्रा जमिन दिइयो । यो तरिका साह्रै सफल ठहरिन गयो । हरेक सदस्यले पहिलाको सामूहिक खेतिमा बढि मिहिनेत गर्न थाले । गभर्नरको जिम्मेवारी घट्नुका साथसाथै पहिलाको भन्दा राम्रो उब्जनी हुन पुग्यो । पहिले बिमारी र असमर्थताको बहाना रच्ने महिलाहरु प्नि अब स्वेच्छाले खेताला गर्न थाले । यति मात्र नभई आफ्ना बालबालिकाहरुलाई पनि खेताला सिकाउन थाले, जुन कुरा पहिला गभर्नरले गराउन खोज्दा त्यसाई जबर्जस्ती, निरंकुशता र दमनको संज्ञा दिइन्थ्यो ।”

पहिला पहिला किसानहरुले बाली पाक्नु भन्दा पहिले नै उठाउने गरेको समस्या हुने गरेको अवस्था (जुन खेतालाको सम्बन्धमा गैर कानूनी शिकार जतिकै मान्यता राख्ने समस्या थियो) मा यो नया शैलीले सबै जनाले बढि मिहिनेत लगाएर काम गर्ने मात्र नभई अब त बाली पूर्ण रुपमा नपाकी उठाउँदा पनि नउठाउने उत्प्रेरणा दिई सो समस्याको हल पनि निस्कन गयो ।

त्यसैले, उत्प्रेरणाको ठूलो भूमिका हुन्छ । ठोस इनाम, चाहे मौद्रिक होस चाहे प्लाइमथको उदाहरणमा जस्तो वस्तुगत, निकै प्रभावशाली हुन्छ । मौद्रिक उत्प्रेरणाले मान्छेकै एउटा नया प्रजातीको सृजना गरेको भैंm भान हुन्छ — होमो इकोनोमिकस , एक यस्तो मर्सिनरी जसले पैसाकोलागि जे पनि गर्न बाट पछि हट्दैन । म मेरो विद्यार्थीहरुलाई मेरो कक्षामा मैले ए ग्रेड बेच्न पाए म निकै खुसी हुन्थें भनेर भन्ने गर्थें । तर त्यसो गर्न मिलेको भए मैले दिन ग्रेडको मूल्य फ्रान्सको कुल गार्हस्थ उत्पादन बराबर हुन्थ्यो । अर्थात्, मेरो ग्रेडको मूल्य यति धेरै हुन्थ्यो कि कसैले पनि त्यो मूल्य चुकाउनै सक्दैनथ्यो । म केहि को पनि लालचमा पर्ने थिइन । सत्य त के हो भने मेरो हात बाट त्यसरी ए ग्रेड किन्ने सामथ्र्य कसैले पनि राख्दैन ।

तर कुनै मौद्रिक वा अन्य ठोस वस्तुको लालच बाट मैले मेरो गौरव र स्वच्छ नियतलाई जति जोगाए पनि एउटा यस्तो गैर मौद्रिक इनाम छ जुन पाउने हो भने म मेरो गौरव र इमान्दारी पनि बेचिदिन्थें । मलाई लाग्छ म सायद फ्रान्सको कुल गार्हस्थ उत्पादन भन्दा निकै कमैमा बिक्थें होला, यदि मेरा छोराछोरीको ज्यान नै बाजीमा भएकोृ भए । गैर मौद्रिक मूल्य र प्रतिफलको सहि अंकलन गर्न सक्ने हो भने सायदै यस्तो मान्छे होला जो कुनै हालतमा पनि बिक्दैन ।

Akash Shrestha

About Akash Shrestha

Akash Shrestha is Coordinator of the Research Department at Samriddhi, The Prosperity Foundation where his focus areas are petroleum trade and public enterprises. He also writes newspaper articles, blogs and radio capsules, based on the findings of the studies conducted by The Foundation.

Leave a Reply

Your email address will not be published. Required fields are marked *